१३ बैशाख २०८१, बिहीबार

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएपछि सबैलाई फाइदा पुग्छ : मन्त्री कार्की

gyanandra bahadur karki
फाइल फोटो

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएपछि यसले राज्य, व्यवसायी र प्रयोगकर्ता सबैलाई लाभ पुग्ने बताउनुभएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज आयोजना गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को सफ्ट लञ्च समारोहमा मन्त्री कार्कीले चार वर्ष अघि आफैले नीतिगत निर्णय गरेको यो प्रणाली आजबाट लागू भएको जानकारी दिनुभयो ।

मन्त्री कार्कीले सरकार नीजि क्षेत्रलाई प्रोत्साहित गर्दै नीजि क्षेत्रसँगै हातेमालो गरेर अघि बढ्न चाहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले नेपालको अर्थतन्त्रका बारेमा भ्रम फैलाइएको भन्दै भ्रम फैलाइएको जस्तो अवस्थामा नरहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले मोबाइलको अवैध व्यापार र दुरुपयोग रोक्न एमडिएमएस प्रणाली लागू गरिएको बताउनुभयो । सचिव अर्यालले यस प्रणाली लागू भएपछि यसले सरकार, व्यवसायी र प्रयोगकर्ता सबैलाई फाइदा पुग्ने बताउनुभयो ।

प्राधिकरणले नेपालमा अनधिकृत रूपमा वा गैरकानुनी रूपमा मोबाइल फोनहरू आयात हुने समस्यालाई नियन्त्रण गर्न एमडिएमएस आजदेखि लागू गरेको छ । यो प्रणाली लागू भएपछि वैध रूपमा आयातित मोबाइल फोनहरू मात्र चल्नेछ ।

प्राधिकरणले आजसम्म नेपालमा विविध तरिकाले भित्रिएका सबै फोनलाई ह्वाइट लिस्टमा राखेको छ ।