१४ बैशाख २०८१, शुक्रबार

न्याय क्षेत्रबाट एक अर्कालाई नंग्याउने होडवाजी !

Cholendra Shamsher Rana
फाइल फोटो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग लागेका आरोपको बयान दिने क्रममा राजनीतिक दलका नेता, पूर्वप्रधानन्यायधीश, न्यायाधीश देखि कानून व्यवसायीसम्मको पर्दाफास गरे । ज जस्को पर्दाफास गरे तीमध्ये कमैले मात्र खण्डन गरे । तर, धेरैले अझै मौनता साँधेका छन् ।

जबराले नाम लिएकाहरुमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि हुन् । ललिता निवास प्रकरणमा दुवैबारे मुद्दा फैसला हुनलाग्दा आफूमाथि महाभियोग लगाइएको जबराको जिकिर छ । त्यसबारे नेपाल र भट्टराई दुवै बोलेका छैनन् ।

वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठ देखि चण्डेश्वर श्रेष्ठको बारेमा पनि बोले । उनीहरु मुद्दामा चलखेल गर्न आएको, न्यायाधीश नियुक्तिमा आफ्ना मान्छे घुसाउन खोजेको आरोप जबराको छ । अधिवक्ता ओमप्रकाश अर्यालले आफ्नाबारे उजूरी गर्नुमा पत्नी ओमदेवी महर्जनलाई न्यायाधीश नबनाएको रिस हो भनी जबराको आरोप थियो ।

जबराले पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठ र मीनबहादुर रायमाझी राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बन्न खोजेको र नपाएपछि खनिएको आरोप लगाए । न्यायाधीशहरु मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउतको समेत नाम लिएर धेरै विषय बोलेका थिए । राउतमाथि त रक्सीको नशामा मात्तिने र पत्नीमाथि हिंसा गरेको विषय पनि गरे ।

जबराले धेरै तथ्यहरु बाहिर ल्याए जसको स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ । कतिपयलाई नंग्याउने गरी गरी जबरा बोले । उनी आफ्नै विषयमा पनि धेरै तथ्यहरु बाहिर आए । अब महाभियोग सिफारिश समितिले जबराले आरोप लगाएकाहरुलाई बोलाएको छ । उनीहरुले जबराबारे पनि बोल्ने सम्भावना छ । यसले सर्वोच्च अदालतलगायत न्याय क्षेत्रबाट एक अर्कालाई नंग्याउने होडवाजी नै चलेको विश्लेषण हुन थालेको छ ।