७ बैशाख २०८१, शुक्रबार

लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

lamjung hospital

रोजगारीको ग्यारेण्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारी आन्दोलित भएका छन् । बायाँ हातमा कालोपट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए ।

सरकारले अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका संयोजक गणेश गुरुङका अनुसार अस्पताल विकास समिति र हालसम्म अस्पताल सञ्चलन व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा(एचडीसीएस)ले कर्मचारीको उचित व्यवस्थापन गर्नु पर्ने माग गर्दै धर्ना दिएको हो ।

कर्मचारीले रोजगारीको सुनिश्चतताको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत पनि प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङलाई ज्ञापनपत्र बुझाउँदै आएको छ

गण्डकी प्रदेश सरकारले अस्पताल आफैंले सञ्चालन गर्ने भनेपछि स्वास्थ्य कर्मचारीमा अन्यौलता छाएको छ । यस्तै, प्रदेश सरकारले अस्पतालमा स्वास्थ्य कर्मचारी भर्ना गर्न थालेपछि कार्यरत स्वास्थ्य कर्मचारी थप समस्यामा परेका छन् ।

विकास तथा सामुदायिक सेवा(एचडीसीएस) र लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौताअनुसार सुरुमा पाँच वर्ष सञ्चालन गरिएको थियो । सरकारले त्यसपछि एचडीएससँग मात्रै सम्झौता गरेको थियो ।

सम्झौताअनुसार २०८२ सालसम्मका लागि अस्पताल व्यवस्थापनको जिम्मा एचडीएसले लिएको थियो । 

लमजुङमा दुई महिनामै १० जनामा डेंगु संक्रमण

लमजुङमा डेंगुको संक्रमण बढ्दै गएको छ । गत वर्षभर देखिएको संख्याभन्दा बढी पछिल्लो २ महिनामै डेंगु संक्रमित देखिएका छन् ।

गत वर्ष ८ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पताल लमजुङमा अहिले २ जना उपचाररत छन् । एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा ४ जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा ९ जना र एक जना सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर्दा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए ।

डेंगुबाट बेंसीसहर नगरपालिकाका ४ जना, राइनास र सुन्दरबजार नगरपालिकाका २र२ जना साथै दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका १र१ जनामा डेंगु संक्रमण देखिएको छ ।

यसमा ७ महिना, १ वर्ष र ५ वर्षकादेखि ६० वर्षसम्मका छन् । ५ पुरुष र ५ महिलामा यस वर्ष डेंगु संक्रमण देखिएको उनले बताए ।

जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार ३ सय ७५ जना बिरामीको परीक्षण गरिएकोमा अस्पतालमा ९ जनामा डेंगु देखिएको हो ।