११ बैशाख २०८१, मंगलवार

ली चान्शु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

PRO KTM KPOLI CHINSEDELEGATE MEETING

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

भेटका क्रममा अध्यक्ष लीले नेपाल र चीन बीच रहेको सुमधुर सम्बन्धको चर्चा गर्नुहुँदै नेपाल चीनको एक असल छिमेकी रहेको बताउनु भयो । भेटवार्तामा एमाले अध्यक्ष ओलीले लीको नेपाल भ्रमण सफल र फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी छ।

अध्यक्ष लिले यस अघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटगर्नुभएको थियो ।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहनुभएका लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम छ ।

अध्यक्ष लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगसमेत भेटवार्ता गर्नुहुने छ भने भोली बुधबार अपराह्न साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुहुनेछ ।

अध्यक्ष ली चान्सु र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच हिजो संसद् भवनमा भेटवार्ता भएको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र अध्यक्ष ली सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएको हो । चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत छ ।