१३ बैशाख २०८१, बिहीबार

सामान्य अंकले बढ्यो प्रि–ओपन सेसनमा नेप्से

share market for all

साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ । सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा पुगेको छ । 

मंगलबार प्रि-ओपन सेसनमा ८ स्टकको १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको १८० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।

    सम्बन्धित समाचार...