१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीबाट खानेपानी विधेयक प्रमाणीकरण

pramanikaran bidhyadevi

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।