२५ बैशाख २०८१, मंगलवार

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी सञ्चालन

narayan muglin

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ ।

सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

गएराती साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।