१३ बैशाख २०८१, बिहीबार

दुईतर्फी सडक अवरुद्ध नारायणगढ–मुग्लिन

Narayangadh Mugling Pahiro
फाइल फोटो

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २:३० बजे सुक्खा पहिरो खसेको हो ।

पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।