१४ बैशाख २०८१, शुक्रबार

सार्वजनिक बिदा दियो सन्धिखर्क नगरपालिकाले ऋषिपञ्चमीमा

Sandhikharka Municipality

सन्धिखर्क नगरपालिकाले नेपाली महिलाहरूको महान् पर्व तिजको अवसरमा ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा दिएको छ ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको उपस्थितिमा आज बसेको बैठकले ऋषि पञ्चमीको दिन नगरभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ऋषिपञ्चमीको अवसरमा यही भदौ १६ गतेका दिन नगरपालिकाकाको कार्यालयसहित मातहतका वडा कार्यालय, स्वास्थ्य इकाई तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।