८ बैशाख २०८१, शनिबार

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना

accident

पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ । करिब ५:५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ । बस सडक दायाँपट्टि १/२ किलोमिटर तल रहेको खेतमा पल्टिएको छ ।

घाइते भएकाहरूको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।