१६ चैत्र २०८०, शुक्रबार

टस हारेर फिल्डिङको निम्तो पाएको नेपाल केन्यासामू ७ रनले पराजित

cricket 3

टी–२० श्रृङखलाको चौथो खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको छ । नैरविस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले १ सय १ रनको विजयी लक्ष्य पाएको थियो ।

२० ओभरमा सबै विकेट गुमाउँदै नेपालले ९४ रन मात्रै जोड्न सक्यो । नेपालका लागि रोहित पौडेलले ४७ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

केन्याको वलिङमा राखेप पट्टेलले सर्वाधिक ३ विकेट लिए । एलिज ओटिन्हो सेम एन्गोचे र भिराज पट्टेलले समा दुई विकेट लिए ।

आज पराजित भएसँगै नेपाललाई केन्यासँगको श्रङ्खलाको उपाधि जित्न भोलि हुने अन्तिम खेलमा जित निकाल्नै पर्ने दवाव छ ।