१६ आश्विन २०७९, आईतवार

पाँचौ तथा अन्तिम टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेल्दै नेपालले केन्यासँग

cricket 3

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज केन्याविरुद्ध पाँचौ तथा अन्तिम टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नेपाल ७ रनले पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय २ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन ।

नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो । यससँगै पाँच खेलको श्रृङ्खला २–२ को बराबरीमा आएको छ ।

यो श्रृङ्खला आफ्नो बनाउनको लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । टी–ट्वान्टी श्रीङ्खलापछि नेपालले घरेलु टोलीसँग एकदिवसीय खेल खेल्नेछ । पहिलो एकदिवसीय खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुनेछ ।