१५ बैशाख २०८१, शनिबार

अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले गरे भाईको हत्या

police 1 1

अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाईको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाई विर बहादुर गमालको हत्या गरेका हुन् । यही कार्तिक २ गते राती भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्कोदिन बिहानमात्र फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्दा आफ्नै दाईले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिम बहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीका अनुसार २० गते दिउसो भुमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट संगै वृद्धाभक्ता निकालेका दाजुभाई हिड्दै घर जानेक्रममा आपसी विवाद भएपछि घचेटाघचेट भएको थियो ।

दुई दाजुभाईबीच लेनदेनमा भएको विवादमा दाईले घचेट्दा भाई भिरबाट खसेको प्रहरीले जनाएको छ । भिरबाट खसेका गमालको घटनास्थलमै निधन भएको प्रहरीले जानकारी दिएको छ ।