१३ आश्विन २०७९, बिहीबार

आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ : नेता पोख्रेल

FB IMG 1661588758869

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोख्रेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दावी गरेका छन् ।

प्रतिगमनबाट मुलुक जोगाउन बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछिको सरकारसम्मै जाने बताउँदै डा. पोख्रेलले उक्त सरकारको नेतृत्व काङ्ग्रेसले नै गर्ने प्रष्टाए ।  

ओली नेतृत्वको एकल बहुमतको कम्युनिष्ट सरकार पूर्णत असफल भएकोले देशको नेतृत्व कांग्रेसले गर्ने उनकाे भनाइ थियोे । प्रेस युनियन अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा‍ पोख्रेलले यस्तो बताएका हुन् ।  

कार्यक्रममा पाेख्रेलले गठबन्धनभित्रको सिट बाँडफाँट १६ भदौसम्म टुंगो लाग्ने पनि बताए । नेता पाेख्रेलले प्यूठानमा गठबन्धनबाट आफू साझा उम्मेदवारर बन्ने सम्भावनामाथि पनि सङ्केत गरे ।

डा. पोख्रेल जनताको साथमा काङ्ग्रेसअन्तर्गत अर्घाखाँचीको कार्यक्रम उद्घाटन गर्न सन्धिखर्कमा आएकाे काङ्ग्रेस अर्घाखाँचीले जनाएको छ ।