१९ आश्विन २०७९, बुधबार

तेस्रो खेलमा रोकियो सुखद सुरुआत गरेको इन्टरको यात्रा

inter milan

इन्टर मिलान शुक्रबार इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३-१ ले स्तब्ध भएको भएको छ । ४०औं मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो । ५१औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो ।

तर, ७५औं मिनेटमा लुइस अल्बेर्टोको गोलमा लाजियोले पुनः अग्रता लियो । ८६औं मिनेटमा पेड्रो रोर्डीग्वेजले गरेको गोलमा लाजियोले सहज जित पक्का गरेको थियो ।

सुरुआती दुई खेल जित्दै सिजनको सुखद सुरुआत गरेको इन्टरको यात्रा तेस्रो खेलमा भने रोकियो । इन्टरको तीन खेलमा ६ अंक छ । 

लाजियोले भने तीन खेलसम्म अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानको लाजियोको तीन खेलमा सात अंक छ । त्यस्तै, अर्को खेलमा युडिनेसीले मोन्जालाई २-१ ले हरायो ।