१२ बैशाख २०८१, बुधबार

ऐतिहासिक वर्षा र बाढीबाट ३ करोड भन्दा बढी मानिस प्रभावित, ९०० जनाको निधन पाकिस्तानामा

pakistan

पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जुनदेखि मनसुनी वर्षा र बाढीमा ९०० भन्दा बढी मानिसको निधन भएको छ  ।

 पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु–प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक संकटमा परके पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।

 छ। जलवायु मन्त्री शेरी रेहमानले देश आठौँ मनसुन वृत्तबाट गुज्रिएको छ, जवकी सामान्यतया  देशमा वर्षाको तीनदखि चार वृत्त हुने गर्छ ।

गर्मीको मौसम सुरु भएदेखि, धेरै मनसुन चक्रहरूले पाकिस्तानलाई  असर गरेको छ । वर्षा र बाढीपछि सरकारले संकटकाल घोषणा गरेको छ ।