८ बैशाख २०८१, शनिबार

आफ्नो टपलेस तस्बिरबारे यसो भनिन् प्रधानमन्त्री मारिनले

sanna marin

फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले आफ्नो सरकारी निवासमा पाहुनाको टपलेस तस्बिर राखेकोमा माफी मागेकी छिन् । एउटा डान्स पार्टीमा नाचेको विषयमा प्रधानमन्त्रीले लागूऔषध खाएको अनुमानबीच पाहुनको टपलेस तस्बिरबारे माफी मागेकी हुन् । तर, प्रधानमन्त्रीले गरेको एक परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

दुई प्रख्यात प्रभावशाली व्यक्तिको पछिल्लो तस्बिर जुलाईमा प्रधानमन्त्री निवासभित्र खिचिएको थियो र मंगलबार सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो ।

तस्बिर उपर्युक्त नभएको प्रधानमन्त्रीले स्वीकारेकी छिन र उनले क्षमा याचना गरेकी छिन् । तस्बिरमा दुई जना महिलालाई “फिनल्याण्ड“ लेखिएको आधिकारिक देखिने चिन्हले आफ्नो खाली छाती छोपेर एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ ।

रुइसरोक संगीत उत्सवपछि आधिकारिक निवास हेलसिंकी केसरन्टामा जुलाईमा पार्टी भएको प्रधानमन्त्रीले बताएकी छिन् । अतिथिले प्रयोग गर्ने शौचालयको तल तस्बिर लिइएको फिनल्यान्डका सञ्चार माध्यमले जनाएका छन् । 

‘हामीले सौना, पौडी खेल्यौं र सँगै समय बितायौं’, मारिनले भनिन्, ‘यस्तो तस्बिर खिच्नु हुँदैनथ्यो तर भेटघाटमा असाधारण केही भएन । ’