१६ चैत्र २०८०, शुक्रबार

अरूलाई बचाइन्, आफू बाँच्न सकिनन्

sutkeri

डोटीमा एक जना सुत्केरी स्वास्थ्यकर्मी महिलाको ज्यान गएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको ज्यान गएको हो । जिल्ला अस्पताल डोटीमा उनको बुधवार साँझ निधन भएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिएका छन् ।

अस्पताल पुगेको १० मिनेटमै उनले मृत बच्चा जन्माएकी थिइन् । बच्चा जन्माएको करिब डेढ घण्टामा उनको निधन भएको हो । मृत बच्चा जन्माएकी उनको उच्च रत्तश्राबका कारण निधन भएको डाक्टर शाहले बताए ।

सुत्केरी भएपछि रगत धेरै बग्न थालेपछि अस्पतालका डाक्टर प्रकाश ठकुल्ला लगायतका चार जना डाक्टरको टोली उनको उपचारमा खटिएको थियो । डाक्टरहरूले बचाउने ठूलो प्रयास गरेको भए पनि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।

“जिल्ला बाहिर रेफर गर्ने तयारी भएको थियो, डाक्टर शाहले भने, एम्बुलेन्स पनि तयारी अबस्थामा थियो, रेफर गर्दा रगत रोकेर पठाउनु पर्ने हुन्छ, रगत रोक्ने विधिको प्रयोग गर्दागर्दै उनको निधन भयो ।”

पेटको बच्चा चल्न छोडेपछि उनी भिडियो एक्सरे गराउन जिल्ला अस्पताल डोटी आएको अस्पताल स्रोतले बताएको छ ।

उपचारमा संलग्न डाक्टरका अनुसार उनको पेटमा भएको बच्चा दुई तिन दिन अगाडी नै मरिसकेको थियो । उनको सुत्केरी हुने समय एक महिना पछाडिको थियो ।

उनको ९ वर्षको एक बच्चा छ । पहिलो पटक उनी सुत्केरी हुँदा अप्रेसन गरी बच्चा निकालिएको थियो । तर दोस्रो पटक सामान्य सुत्केरी भए पनि बाच्न सकिनन् ।

२०७० सालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेकी उनले ओजेटि जिल्ला अस्पताल डोटीमै गरेकी थिइन् । हाल उनी गिरिचौका स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत थिइन् ।

डोटीमा ट्रयाक्टर पल्टिदा एक युवकको निधन

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्कटर पल्टिदा एक युवकको निधन भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै निधन भएको हो ।

दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको छ ।

हिजो साँझ साढे ६ बजे सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४७७६ नम्बरको बालुवा बोकेको ट्रयाक्टर अनियन्त्रित भईसडकबाट करिब १० मीटर तल खसेको थियो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।