१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा जारी सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक

gathabandhan

सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । 

आगामी संसदीय निर्वाचनको सिट बाँटफाँटको विषयमा केन्द्रीत रहेको छ । बैठकमा समसामयिक विषयमा समेत छलफल भइरहेको नेताहरूले बताएका छन् ।

सिट बाँटफाँटको विषयमा सत्तारुढ दलहरूबीच अझै सहमति जुट्न सकेको छैन ।