१३ बैशाख २०८१, बिहीबार

डोटीका दुई मतदान केन्द्रको नेतृत्व महिलालाई

doti 1

डोटीमा एक सय ७७ वटा स्थायी  र एउटा अस्थायी मतदान केन्द्र रहेकोमा दुईवटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ ।

डोटी सदरमुकामस्थित श्री पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखि क्याम्पसमा रहेका मतदान केन्द्र महिलामैत्री बनाइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए ।

महिलामैत्री मतदान केन्द्रमा मतदान अधिकृतदेखि सबै कर्मचारी महिला रहेका छन् । त्यसैगरी सुरक्षाकर्मी समेत महिलानै खटिने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लाभरी एक हजार चार सय १४ जना कर्मचारी परिचालित भएका छन् । जसमा मतदान अधिकृत एक सय ७८ जना, सहायक मतदान अधिकृत पनि एक सय ७८ जनानै रहेका छन् ।

त्यसैगरी सहायक कर्मचारी आठ सय ८१ जना खटिएका छन् भने कार्यालय सहयोगी एक सय ७७ जना रहेका छन् । ४/४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडा राखिएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।

कुल निर्वाचनमा खटिएका कर्मचारीमा एक हजार ४ जना कर्मचारी र चार सय १० जना शिक्षक रहेका छन् ।