१५ बैशाख २०८१, शनिबार

एक साता डोटी प्रशासन बन्द रहने

doti jilla prasasan

जिल्ला प्रशासन कार्यालय डोटीले एक साता सेवा बन्द रहने जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कारण देखाउँदै अत्यावश्यक बाहेकका सबै सेवाहरू एक साताको लागि स्थगित गरिएको हो । 

कार्यालयमा कार्यरत कर्मचारीहरू निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएकाले कार्यालयमा कर्मचारी अभाव हुने भन्दै कात्तिक २९ गतेदेखि मंसिर ५ गते सम्मका लागि सेवा बन्द हुने सूचनामार्फत सार्वजनिक गरिएको छ ।

प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू स्थगन गरिएको जानकारी गराइएको छ ।