११ बैशाख २०८१, मंगलवार

केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका राजेन्द्र लिङ्देन

raje

आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् । 

नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले हौसिएका हुन् । सिटौलालाई सत्तारुढ गठबन्धनको सहयोग छ भने लिङ्देनलाई एमालेको । तर, सिटौलालाई सहयोग गर्न दल नेकपा माओवादी केन्द्रका करिब १३४ ले सोमबार पार्टी परित्याग गरेका र दैनिकजसो राप्रपा प्रवेशको लहरले उनलाई जितका लागि सहजता दिएको आभास भइरहेको छ । 

‘सोमबार करिब १३४  जना माओवादीका नेताले पार्टी परित्याग गरेका छन् । यसले गठबन्धन उम्मेदवारको मत काट्ने निश्चित छ,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ भन्छन्, ‘दैनिकजसो राप्रपा प्रवेशले पनि हाम्रो उम्मेदवार अध्यक्षज्यू निर्वाचन हुनेमा शंका छैन ।’ 

पार्टी परित्याग र प्रवेशले मात्र होइन लिङ्देनले यसअघि गरेको काम र जनताको समस्या सम्बोधनले पनि उनलाई मत दिन जनतालाई गाह्रो नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ । 

‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हुने’ बताउँदै आएका लिङ्देनले भ्रष्टाचारविरुद्ध सुशासन कायममा जोड दिँदै आएका छन् । साथै लामो समयदेखि झापामा देखिएको डुबान र हात्ती आतंक नियन्त्रणमा लिङ्देनले उल्लेख्य काम गरेको बताएका प्रवक्ता श्रेष्ठले झापाली जनताको समस्या सम्बोधनलाई सधैं प्राथमिकतामा राख्ने गरेकाले अहिले जनताले साथ दिइरहेको बताए ।

newskarkahna news399531