१४ बैशाख २०८१, शुक्रबार

जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक जारी

cholendra

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगबारे अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बसिरहेको छ । 

जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न संसदले गठन गरेको महाअभियोग सिफारिस समितिको जारी बैठकमा  आन्तरिक कार्यविधिमाथि छलफल भइरहेको छ । 

गत १ फागुनमा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर सत्तारुढ दलका सांसदले महाभियोग दर्ता गरेका थिए ।