१५ बैशाख २०८१, शनिबार

नौ जना पक्राउ

juwa

काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास मनमैजु मार्गबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३६ हजार रूपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

    सम्बन्धित समाचार...