१२ बैशाख २०८१, बुधबार

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ

arest

काठमाडौं, मुगु र तनहुँबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिव ५ केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–१ बस्ने २८ वर्षीय सरोज कुमार साह र २२ वर्षीय नबिन मगर छन् । उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख २८८३ नम्बरको टिपरलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा टिपरको सिट मुनि लुकाई ल्याएको उक्त गाँजा सहित टिपरका चालक सरोज र सहचालक नबिनलाई पक्राउ गरेको हो । 

मुगुको छायाँनाथ रारा नगरपालिका–२ ढाँडमोडबाट ५ ग्राम ७ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–१ सितापुर बस्ने २६ वर्षीया पबित्रा बिसी थापा छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पबित्रालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट करिब २ केजी गाँजासहित स्याङ्जा वालिङ नगरपालिका राममाच्छ बस्ने २५ वर्षीय अनिल गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९६२१ नम्बरको माईक्रोबसलाई अस्थाई प्रहरी पोष्ट कोत्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबसमा सवार अनिललाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

दाङ, सर्लाही, गोरखा, बागलुङ, सप्तरी र सुर्खेतमा ६ जना मृत अवस्थामा फेला परेका छन् । 

दाङको तलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने ४५ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

सर्लाहीको बागमती नगरपालिका–१० नयाँबस्ती बस्ने १८ वर्षीय सुरज परियार सोही ठाउँस्थित बागमती सिँचाईको नहरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

गोरखाको धार्चे गाउँपालिका–४ खोर्ला घर भई आरूघाट गाउँपालिका–९ आरूघाट बजार बस्ने ५८ वर्षीया पित माया गुरूङ आफ्नै भान्सा कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् । 

बागलुङको बागलुङ जैमिनी नगरपालिका–१ कोप्चेस्थित सडकको नालीमा हाल पहिचान नखुलेका करिब ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपा तथा राजविराज नगरपालिका–१४ पर्साही बीच रहेको कोशी नहरको गेटमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

सुर्खेतको लेकबेशी नगरपालिका–४ जंबुघारी जंगल नजिक भेरी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । 

    सम्बन्धित समाचार...