१५ चैत्र २०८०, बिहीबार

मन्त्रिपरिषद बैठक शुरु, लकडाउन जेठ २० सम्म लम्ब्याउन सिफारिस

Cabinet Meeting
फाइल फोटो

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा भावी रणनीति तय गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले जारी लकडाउनलाई अझै लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको छ।

आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय भएको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएकाले लकडाउन पनि जेठ २० गतेसम्म लम्ब्याउन पर्ने प्रस्ताव समितिले मन्त्रिपरिषद समक्ष गरेको छ।

आइतबारको मन्त्रिपरिषदको बैठकले समितिको सिफारिसका आधारमा यसबारे औपचारिक निर्णय लिनेछ ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।