१२ बैशाख २०८१, बुधबार

कोरोना रोक्न सक्ने भन्दै सांसदले प्रधानमन्त्रीलाई हिमाली मह दिएको खुलासा

maxresdefault 1

मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले कोरोना संक्रमितको उपचारका लागि उपयोगी हुन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिमाली क्षेत्रमा पाइने मह दिएका छन् ।

कोरोना भाइरस नियन्त्रण गर्नका लागि प्रधानमन्त्री केपी शर्माओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हिमाली मह दिएको खुलासा गरेका छन् । आइतबार प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद तुलाचनले यसबारे जानकारी दिएका हुन् । 

मह शक्तिवर्द्धक भएकोले कोरोना ठिक हुन सक्ने भन्दै वैज्ञानिक विधिबाट परीक्षण गरी सत्यतथ्य पत्ता लगाउन आफूले प्रधानमन्त्रीकहाँ मह पुर्‍याएको तुलाचनले बताए।

गत बैशाख २६ गते धर्मगुरुको आग्रहअनुसार हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने महबाट कोरोना भाइरस रोक्न सकिने भन्दै परीक्षणका लागि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई मह दिएको जानकारी गराएका हुन् । उनले भने– ‘नेपालमा कोभिड–१९ बाट कोही प्रभावित छ भने माननीय ज्यू उसलाई हिमाली मह सेवन गराउनुस् भनेर मलाई धर्मगूरुबाट सुझाव आएको छ र त्यसअनुसार मैले प्रधानमन्त्रीज्यूलाई लिखित रुपमा र स्वास्थ्यमन्त्री ज्यूलाई बोधार्थ रुपमा मह परीक्षणका लागि दिएको पनि जानकारी गराउन चाहन्छु ।

यदि पोजिटिभ रिजल्ट आएको खण्डमा नेपाल लगायत विश्वमा प्राकृतिक महले विश्वबजार ढाक्नेछ र संक्रमितहरु बच्नेछन् ।’यस्तै उनले जडिबुटी प्रशोधन केन्द्र खोलेर कोरोना रोक्ने काम गर्न आग्रह गरेका छन् । यस्तै चीनसँगको कोरोला नाका सुचारु गर्न पनि माग गरेका छन् ।

हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी हुन सक्ने भन्दै मह परीक्षणका लागि प्रधानमन्त्रीलाई दिएका हुन् ।

आफूलाई मुस्ताङका धर्मगुरुले पठाएको मह परीक्षणका लागि प्रधानमन्त्रीलाई पठाएको सांसदले आइतबार प्रतिनिधिसभा बैठकमा जानकारी गराए ।

‘धर्मगुरुले संक्रमित कोही भए हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह सेवन गराउनुस् त्यसले उपचार हुन सक्छ भन्ने सुझाव आयो, दिएको छु’ उनले भने ।

मुस्ताङको घास भन्ने ठाउँबाट मह ल्याएको उनले बताए। ‘यो हिमाली भेगको फूल खाएको मह हो। उच्च हिमाली भेगको मह हो,’ उनले भने।

कोरोना रोक्न सांसद तुलाचनले प्रधानमन्त्री ओलीलाई हिमाली मह दिएको खुलासा

धर्मगुरुले कोरोना निको हुन्छ भनेपछि सांसदले दिए प्रधानमन्त्रीलाई मह, प्रधानमन्त्रीले पठाए परीक्षण गर्न

नेपाल घटना ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಭಾನುವಾರ, ಮೇ 17, 2020

प्रधानमन्त्रीको सचिवालयले  सांसद तुलाचनले दिएको महलाई परीक्षणका लागि स्वास्थ्य मन्त्रालय पठाइदिएको छ।

स्वास्थ्य मन्त्री ढकालका प्रेस सल्लाहकार माधव तिवारीले उक्त मह परीक्षणको प्रक्रिया पनि सुरू भइसकेको जानकारी दिए।

‘एक-दुई दिनअघि मह मन्त्रालयमा आएको थियो। मन्त्रीज्यूले विज्ञ समूहलाई परीक्षणको आवश्यक प्रक्रिया अघि बढाउन भनिसक्नुभएको छ,’ तिवारीले भने।

विशेषज्ञहरूले भने महले कोरोनाभाइरस निको हुने कुनै आधार नभएको बताएका छन्।

संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले अहिलेसम्म महले कुनै रोगसँग लड्न सघाउँछ भन्ने तथ्य नभएको बताए।

‘कहिलेकाहीँ रूघा लाग्दा मान्छेहरूले मह खाने गरेको र अलि सञ्चो भएजस्तो महसुस भएकोले त्यस्तो लागेको हुनसक्छ। तर यसले कुनै भाइरससँग लड्न सघाउँछ भन्ने मेरो अध्ययनले देखाउँदैन,’ सुवेदीले भने।  

उनले आउँदो बजेटमा हिमाली क्षेत्रमा जडिबुटीको अनुसन्धान केन्द्र खोल्नुपर्ने बताए ।