१६ आश्विन २०७९, आईतवार

अपरान्ह १ बजे मन्त्रिपरिषद बैठक बस्दै , मंसिर ४ गतेका लागि निर्वाचनकाे मिति घाेषणा गरिने

cabinet

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) अपरान्ह १ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्नका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

सत्ता गठबन्धनको हिजो बुधबार बसेको बैठकले आगामी म‌ंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाइसकेको छ । गठबन्धनको सहमतिबमोजिम मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सिफारिस गरेको थियो भने १२० दिनको निर्वाचन अवधि कायम हुनुपर्ने माग गरेको थियो । तर सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।