१६ चैत्र २०८०, शुक्रबार

अन्तर बिद्यालय इन्डोर क्रिकेट टुरनामेन्ट सम्पन्न

296792840 413198767294440 4085394327465315133 n

ललितपुरमा अवस्थित डिएभी स्कुलमा अन्तर बिद्यालय इन्डोर क्रिकेट टुरनामेन्ट सम्पन्न भएको छ । डिएभी स्पोटस् एकेडेमीले आयोजना गरेको टुरनामेन्टमा १० वटा बिद्यालयले सहभागिता जनाएका थिए । टुरनामेन्टको फाईनलमा अक्षरा स्कुलले एल आर आई स्कुललाई पराजित गर्दै उपाधी हासिल गर्न सफल भएको थियो।

टस जितेर बलिङ रोजेको अक्षरा स्कुलले एल आर आई स्कुललाई ७२ रन मा रोकेको थियो। ७३ रनको लक्ष्य पाएको अक्षरा स्कुल ले अन्तिम ओभरमा ३ विकेटले खेल जितेको थियो।

टुरनामेन्टको प्लएर अफ टुरनामेन्ट एल आर आई स्कुलका आसिश रुद्र भएका थिए । प्रतियोगिता को फाईनलमा नेपाली क्रीकेट टिमका खेलाडी दिलिप नाथको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । प्रतियोगिता लाई डिएभी स्कुल र स्काइलाइन नेपाल प्रालिले सहयोग गरेका थिए ।

    सम्बन्धित समाचार...