१६ चैत्र २०८०, शुक्रबार

चलचित्र ‘प्रेमगन्ज’ युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने

premgunj

फिल्म प्रेमगन्ज युरोपका ४४ देशमा अन्तराष्ट्रिय सरहमा एकसाथ प्रदर्शन हुने भएको छ ।

अहिलेसम्मको नेपाली फिल्मको इतिहास हेर्ने हो भने धेरै फिल्म विदेशमा प्रदर्शन त भएका छन् । तर, नेपालीले नेपाली समुदयमा नै व्यतिगत रुपमा टिकट विक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा च्यारीटी सो प्रदर्शन गर्ने गरिएको छ ।

अब प्रेमगन्ज भने सार्वजनिक रुपमै विदेशी फिल्म सरहमा दर्शकहरुमाझ थिएटर मै प्रदर्शन हुने भएको छ । अन्तराष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको यो नेपाली ईतिइहास मै पहिलो पटक हो ।

फिल्म प्रेमगन्जलाई जर्मनी अबस्थित ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोप प्रर्दर्शन गर्दै छ । जुन जर्मनीको प्रतिस्ठित वितरक कम्पनी हो ।

अन्तराष्ट्रिय रुपमा यसरी पदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामिले पैसा भन्दा पनि बाटो खोजिरहेका छौँ । यसले गर्दा भविस्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्ने छ । निर्देशक परिच्छेद सेनले भने ।

निर्देशक सेन भन्छन्, फिल्मको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको छौँ । सबैले नेपालमा पनि फिल्म इन्डट्री छ रु भनेर सोध्नु हुन्छ , यसरी सोध्दा भने दुख लाग्छ । तर एक्प्प्ल टि।भि। गूगल टि।भि, हट्स्टार लगायतका एपले फिल्म हेर्न खोजिरहनु भएको छ ।

इन्डिया रिलिज पनि एख्च् जस्तो प्रतिष्ठित कम्पनीले बितरण गर्ने कुरा छ । हामी नया फिल्म मेकर भएर पनि उहाँहरुले हाम्रो फिल्म प्रती चासो देखाईरहनु भएको छ, हामीलाई फिल्म मेकर भनेर स्वीकार गरिरहनु भएको छ, हामी अहिले यतिमै खुसी छौ । हेरौ कहाँ कहाँ प्रदर्शन गर्न सकिन्छ । हामीले यो फिल्मबाट पैसा कमाउने भन्दा पनि आगामी फिल्मका लागि बाटो खोजिरहेका छौँ, । निर्देशक सेनले थपे ।

फिल्ममा बेनिशा हमाल, तेज गिरीका अलावा सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय रहेको छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने भदौ ३ गते नेपाललगायत अन्तराष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुँदै छ ।

294610565 606848850800220 4754945246168188306 n