१६ चैत्र २०८०, शुक्रबार

‘प्रेमगञ्ज’मा तेजलाई बेनिशाको थप्पडै थप्पड

MG 1197

भदौको ३ गतेबाट रिलिज हुन लागेका ३ चलचित्रमध्ये एक हो, ‘प्रेमगञ्ज’ । यसको गीतसंगीत र ट्रेलरले दर्शकको राम्रै विश्वास जितिरहेको छ । जसकाकारण, पनि चलचित्रले व्यापारिक रुपमा राम्रो कमाई गर्ने विश्वास गरिएको छ ।

परिच्छेद सेनको निर्देशनमा तयार भएको यो चलचित्रको मुख्य भूमिकामा कलाकार तेज गिरी र नायिका बेनिशा हमाल छन् । प्रेमको लागि आफूलाई समेत तिलाञ्जली दिन सक्ने यूवतीको भूमिकामा बेनिशा छिन् ।

बेनिशाले यो चलचित्रको केही दृश्यमा तेजलाई थप्पड समेत हानेकी छिन् । बेनिशा भन्छिन्–‘त्यो थप्पड वास्तविक रुपमा हानिएको हो ।’ तेज पनि चलचित्रको छायांकनका क्रममा आफूले बेनिशाको हातको कैयौं पटक थप्पड खाएको बताउँछन् ।

चलचित्रले एउटै मानिसको फरक उमेरमा प्रेममा आउने परिवर्तनलाई प्रस्तुत गरेको छ । बेनिशा, प्रेमको बिषयमा यती गहिराईमा यसअघि चलचित्र नै नबनेको बताउँछिन् । निर्देशक परिच्छेद सेन पनि आफूलाई यो कथा भन्न मन लागेर चलचित्र बनाएको बताउँछन् ।