१५ चैत्र २०८०, बिहीबार

बेपत्ता श्रीमानको पर्खाइमा ‘राधा’ ट्रेलर

Shristi

फिल्म ‘द सिक्रेट अफ राधा’ को ट्रेलर रिलिज गरिएको छ ।

आइतबार सार्वजनिक गरिएको ट्रेलर यो फिल्म सृष्टि वरिपरि घुमेको देख्न सकिन्छ। गाउँले महिलाको भूमिकामा देखिएकी सृष्टिले बेपत्ता भएका श्रीमानको खोजी गरिरहेकी एक गर्भवती श्रीमतीको कथालाई देखाइएको छ। याे फिल्मलाई सुर्वण थापाले निर्देशन गरेका हुन्।

अधिकांश कलाकारहरुलाई स्थान दिँदै फिल्मको साढे २ मिनेटको ट्रेलर रिलिज गरिएको हो । ‘राधा’ तीजको अवसर पारेर भदौं १० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । अभिनेत्री सृष्टि श्रेष्ठ फिल्ममा मुख्य भूमिकामा छिन् ।

सृष्टिसहित फिल्ममा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, दयाहाङ राई, निश्चल बस्नेतको अभिनय छ । यी सबै कलाकारहरु ट्रेलरमा अटाएका छन् । फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्।

यस फिल्ममार्फत अभिनेता सौगात पहिलोपटक निर्माताको रुपमा आउँदैछन् । आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सौगातसहित देवकी विष्ट, बिक्रम दास जोशी निर्माताको रुपमा छन् भने निकुन श्रेष्ठ र फिरोज खड्का फिल्मका कार्यकारी निर्माता हुन् ।

नरेन्द्र मैनालीको छायाँकन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।

    सम्बन्धित समाचार...