१३ बैशाख २०८१, बिहीबार

रानीको तीज गीत ‘खर्च माग्दीनँ’

bina raut 3

तीजको गीतमा महिलाहरुले भन्ने कथा फेरिएका छन् । केही बर्ष अगाडिसम्म तीज गीतमा महिलाहरुले सासु, श्रीमान् र घरको कथा सुनाउथे । तर, अहिलेका तीज गीतमा महिलाहरुले स्वाबलम्बी भएका कथा सुनाउन थालेका छन् ।

गायिका रानी शाक्यको स्वरमा समावेश ‘खर्च माग्दीनँ’ बोलको तीज गीतमा पनि यस्तै भावना पोखिएको छ । सुनिता बस्नेत थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ ।

भिडियोमा मोडल विना राउतले दर्जन बढी कोरसहरुको साथमा नृत्यष् गरेकी छिन् । भिडियोमा देवेन्द्र पाण्डेको निर्देशक तथा कोरियोग्राफी छ ।

विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ । गायिका शाक्यले अन्य तीज गीत भन्दा ‘खर्च माग्दीनँ’ केही भिन्न भएको बताइन् । उनले, अबका तीज गीतले महिलाको सफलताको कथा भन्नुपर्ने पनि तर्क गरेकी छिन् ।

    सम्बन्धित समाचार...