७ बैशाख २०८१, शुक्रबार

रस्साकस्सीले उदाङगो काँग्रेसभित्रको विकृति: वीपीदेखि देउवासम्म आइपुग्दा कहाँ पुग्यो काँग्रेस ?

deuba bp koirala

आज काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ४० औं स्मृति दिवस । जन्मजयन्ती र स्मृतिसभा गरी वर्षेनि दुई पटक आफ्ना संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला काँग्रेसको मानसपटलमा घुम्छन् । यद्यपी वीपीको विचार अनुसरण गर्न स्वयं काँग्रेस नेताहरु नै उदासिन देखिन्छन्

नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप विगतदेखि हालका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासम्म लाग्दै र देखिँदै आएको छ । तर प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाकी पत्नी सुशीला एक अपवाद थिइन्, जसले बीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनसन बसिन् । अहिले बीपीलाई सम्झिँदा सुसिलाको याद गर्ने धेरै छन् ।

तत्कालीन समयमा नेपाली काँग्रेस पार्टीले दुई तिहाई मत पाएपनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकेको थिएन । संसदीय दलको नेतामा बीपी अघि सर्दा कमाएको इज्जत र प्रतिष्ठा गुम्ने डरले श्रीमती सुशीला चिन्तित बनेको थिइन् । जुन कोइराला परिवारका कसैलाई मन नपरेको आजपनि छोराहरु सम्झिन्छन् ।

बीपीको नेतृत्वका बेलामात्रै काँग्रेस अग्रागामी थियो ।काँग्रेसले पाएको अहिलेसम्मकै अद्धितिय नेतृत्व मात्र बीपीको भएको राजनीतिक विश्लेषकहरु सम्झिन्छन् ।

२००७ सालमा भएको आन्दोलनको नेतृत्व मातृकाप्रसादले गरेपनि राजनीतिक नेतृत्व बीपीले गरेका थिए । त्यसयताको काँग्रेस नेतृत्वले बीपीको कार्यभारलाई बोक्नै सकेनन् ।

नेपाली राजनीति र यसको विकास तथा विश्व राजनीतिमा वीपीको स्थानलाई अहिले पनि महत्वका साथ हेरिन्छ ।२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्वहालीपछि नै बीपीले अगाडि सारेका पक्षलाई कमजोर बनाउने र बिर्सने काम काँग्रेसले गरेकोनेताहरु नै बताउँछन् ।

लोकतन्त्रका लागि लडेका दलहरु २०४६ साल पछि सत्तामा गए पनि समाजवादी नीति तथा कार्यक्रम ल्याउन चुकेको विश्लेषकहरु बताउँछन् ।अहिले काँग्रेस धनवान् र बलवान्को पार्टी बनेको छ ।

जन्मजयन्ती र स्मृतिसभा गरी वर्षेनि दुई पटक आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला काँग्रेसको मानसपटलमा घुम्छन् । अरुदिन बीपीको विचार, आदर्शर मेलमिलापको बाटो भूलेर काँग्रेस अमुक व्यापारी र उद्योगीको फन्दामा पर्छ ।

नेतृत्वमा भएको सत्तामोह र पार्टीभित्रको गुटगत रस्साकस्सीले काँग्रेसभित्रको विकृतिलाई उदाङगो बनाएको छ । मुलतः अहिले काँग्रेस जसरी कांग्रेस बीपीको फोटोमा मात्रै अलमलिएको छ, यसले कांग्रेसको अस्तित्व नै संकटमा पार्ने खतरा बढेको छ ।