१६ चैत्र २०८०, शुक्रबार

अब देशको नेतृत्व माओवादीले गर्छः अध्यक्ष प्रचण्ड

prachanda IRyjsLNp44
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गर्नुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन÷ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गर्नुभयो ।

उहाँले नेकपा माओवादीमा पुनः एकपटक पुनस्र्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनः स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता÷कार्यकर्ताको संख्या बढिरहेको भन्दै यसले नेकपा माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेकपा माओवादी पार्टीकै जोडबलमा आज संघीय संसदबाट नागरिकताबारे निर्णय हुन लागेको बताउनुभयो ।