१३ बैशाख २०८१, बिहीबार

खेलाडीसम्म असर एन्फा कार्यसमितिमा देखिएको विवाद

football

नेपालको अन्डर-ट्वेन्टी टिम आज साफ च्याम्पियनसिप खेल्न भारत प्रस्थान गरेको छ ।

साउन ९ गतेदेखि भारतको भुवनेश्वरमा हुने प्रतियोगिता जित्ने लक्ष्य नेपालको छ । तर, अखिल नेपाल फुटबल संघ एन्फामा चलिरहेको आर्थिक संकटको असर टिममा देखिएको छ ।

एन्फाले टिम भारत प्रस्थान गर्ने अघिल्लो दिन हतारहतार जर्सी र बुट किनेको छ । एन्फाले व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा प्रतियोगिताको तयारी मै असर परेको गुनासो खेलाडी र प्रशिक्षकको छ ।

आर्थिक अपारदर्शीताका कारण फिफाले एन्फाको खर्चमा लगाम लगाइरहेको छ । जसका कारण एन्फाले चाहेअनुसार पैसा खर्च गर्न पाउादैन ।

आर्थिक संकटकै कारण एन्फाले नयाा योजना बनाउनु त कता हो कता पुरानो बक्यौतासमेत तिर्न सकेको छैन । एन्फाको नयाँ कार्यसमिति पूर्णरुपमा सक्रिय नबन्दै आर्थिक समस्याको असर अब मैदानसम्म पुगेको छ ।

साफ च्याम्पियनसिप खेल्न भारत जाने २० वर्ष मुनिको युवा टोली यसको सिकार बन्यो । उनीहरुले जर्सीसमेत पाएका छैनन् । देशभरका ७ सय खेलाडीबाट उत्कृष्ट २३ जनामा अटाएका धेरै खेलाडी पहिलो पटक राष्ट्रको प्रतिनिधित्व गर्दैछन् ।

अन्तर्राष्ट्रिय सहभागिता जनाउनु केही साता अघिनै टिमले खेल सामग्री र खेलाडीको हात हातमा व्यक्तिगत किट परिसक्नुपर्ने हो । तर युवा र जोशीलो टिमले त्यो अवसर पाएन ।

दक्षिण एसियाली फुटबलमा नेपालको युवा टोलीको प्रदर्शन प्रायः अब्बल सावित हुादै आएको छ । झन्डै दुई महिना तयारी गरेको टिमले सकेसम्म उपाधि जित्ने लक्ष राखेको छ ।

बहराईनमा हुने एसीसी अन्डर-ट्वेन्टी एसिया कपको तयारी प्रतियोगिता पनि यही हो । तर, एन्फाको सुस्त व्यवस्थापनले युवा टोलीले महत्वनै पाएन । एन्फा पदाधिकारीको असक्षमताको मूल्य फेरि पनि खेलाडीले नै चुकाउनुपरेको छ ।