१६ चैत्र २०८०, शुक्रबार

प्रहरीको गाँजा र मदिरा नष्ट अभियान : एक वर्षमा १२ भट्टी बन्द, आठ लाख गाँजाका बिरुवा नष्ट

Capture 3

महोत्तरीमा मदिरा तथा गाँजाका कारण सामाजिक कलह बढीरहे पनि कलह नियन्त्रणमा प्रहरी निरन्तर सक्रिय रहेकाे जनाएकाे छ । गाउँगाउँ पुगेर घरेलु मदिरा उत्पादन राेक्नेदेखि लुकिछिपी भइरहेका गाँजा खेती नष्ट गर्न प्रहरी लागिरहेकाे उनीहरूकाे भनाइ छ । 

आर्थिक बर्ष ०७८/०७९ मा प्रहरीले १२ वटा भट्टी पसल बन्द भएकाे छ भने आठ लाखभन्दा बढी गाँजाका बिरुवा नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । १२ भट्टीबाट चार सय ४४ लिटर तयारी मदिरा, ८१ सय लिटर कच्चापदार्थ १२ वटा मेसिनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

यस्तै, आठ बिघाहा क्षेत्रफलमा लगाएकाे आठ लाख गाँजाका बोट समेत नष्ट गरेकाे छ । यो वर्ष मदिरा पसल तथा गाँजाको अड्डा भएको ठाउँमा निगरानी बढाएपछि केही हदसम्म नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

जिल्लाका भित्री बस्तीमा अहिले पनि घरेलु मदिराका कारण हो-हल्ला र झगडा दिनहुँ भइरहेकाे हुन्छ । सरकारले घरेलु मदिरालाई बजारमा ब्राण्ड बनाउने तयारी गरे पनि व्यवस्थित गर्न नसक्दा विकृती बढदै गएको छ । विशेषगरी मजदुर तथा विपन्न वर्गमा झन समस्या छ । 

सरकारले निश्चित क्षेत्र छुट्याएर उत्पादनका लागि मापदण्ड बनाए विकृती कम हुने र आयआर्जन पनि हुने बताउँछन् स्थानीय रामकिशोर साह । सरकारले गाँजा खेती तथा मदिरा उत्पादनलाई निश्चित मापदण्ड बनाइ सञ्चालन तथा उत्पादन गर्न पाउनु पर्ने व्यवसायीहरूको पनि माग छ ।

FB IMG 1658371072682
FB IMG 1658371165115
FB IMG 1658371170003