१५ चैत्र २०८०, बिहीबार

रहेन संसारकै बुढो पाण्डा

giantpandaanan

संसारको सबैभन्दा बुढो पाण्डा मरेको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो  पाण्डा एन एनको बिहीबार ३५ वर्षको उमेरमा मरेको हो । उक्त पाण्डा  मानिसका लागि १०५ वर्ष बराबर रहेको हङकङ थिम पार्कले जनाएको छ ।

एन एनको स्वास्थ्य विगतका केही हप्ताहरूमा लगातार खराबी हुँदै गएको थियो । उसले थोरै खान थालेको उक्त पाण्डा बस्दै आएको ओसियन पार्कले जनाएको छ । सो पाण्डा उक्त पार्कमा सन् १९९९ देखि बस्दै आएको थियो । 

एन एन र जिया जियालाई चिनियाँ सरकारले उपहार दिएको थियो । जिया जिया (पोथी) सन् २०१६ मा ३८ वर्षको वर्षको उमेरमा मरेको थियो । ‘एन एन गुमाएको घोषणा गर्दा ओसन पार्क  दुःखी छ’ पार्कले एक विज्ञप्ति मा भनेको छ । 

पार्कले ओसन पार्कलाई पाण्डा संरक्षणको लागि महत्त्वपूर्ण आधार बन्न मद्दत गरेकोले जिया जिया र एन एनको हेरचाह गर्ने अवसरको लागि आभारी भएको जनाएको छ ।

    सम्बन्धित समाचार...