७ बैशाख २०८१, शुक्रबार

एन्फा कार्यसमिति बैठक बस्दै, महत्वपूर्ण नियुक्तिको निर्णय हुने

anfa

पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक बिहीबार कार्यसमिति बैठक बस्दैछ ।

बैठक बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुरु भएको छ ।

गत सोमबार बैठक बोलाइए पनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो ।

बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको छ । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ ।

पछिलो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दवावमा पर्न सक्ने अनुमान गरिएको छ ।

तीन समूहलाई समेट्दै गर्ने नियुक्तिनै कठिन रहेको छ । सिइओ, प्रवक्ता, तीन सहमहासचिव, मानार्थ अध्यक्ष सहित विभिन्न पदमा आज नियुक्ति हुँदैछ ।