८ बैशाख २०८१, शनिबार

यी हुन् प्रतिनिधि सभाको आजको बैठकका सम्भावित कार्यसूची

nepal parliament building

प्रतिनिधि सभाको बैठक आज बिहीबार पनि बस्दै छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ संसद्‌मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ संसद्‌मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्‌का महासचिव डा भरतराज गौतमले बताउनुभएको छ ।