८ बैशाख २०८१, शनिबार

विरोधको नयाँ शैली भीमबहादुर रावलले अपनाएपछि संसद बैठक नै स्थगित हुनपुग्यो

bhim

नेकपा एमाले सांसदका भीमबहादुर रावलले विरोधको नयाँ शैली अपनाएपछि संसद बैठक नै स्थगित हुनपुग्यो । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरे पनि पत्र नपठाएको भन्दै संसदको रोष्टम नछाडेपछि सदन नै स्थगित गर्नुपरेको हो ।

सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने भनी गरेको निर्णय अनुसारको पत्र अमेरिकालाई नपठाइएको भन्दै एमाले नेता भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गर्नुभयो । रावलले पटकपटक सरकारका तर्फबाट सदनलाई ढाँट्ने काम मात्रै भएको भन्दै रुलिङ नभएसम्म रोष्टम नछाड्ने अडान लिनुभयो ।

मन्त्रिपरिषदले एसपीपीमा सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै रावलले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राख्नुभयो ।

छलफलमा प्रस्तुत प्रस्तावबारे नेपाल सरकारले ध्यान दिनुपर्ने बताउँदै सांसद रावलले कुरा सुरू गर्नुभएको थियो।

‘कुनै पनि ठूला देशहरू, जसले प्रशस्त मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्छन् उनीहरू कोही पनि सदस्य भएको देखिँदैन,’ रावलले भने, ‘नेपाल सन्धी सम्झौता पीडित देशका रूपमा रहेको छ। आजसम्म सन्धी सम्झौता सच्याउन सकेको छैन।’

रावललाई रोष्टम बोलाएर सभामुख सापकोटा बाहिर निस्कनु भयो, यसपछि सभामुख आसनमा नेकपा माओवादी केन्द्रकी सांसद सत्या पहाडी बस्नु भएको थियो।

सभामुखको आशनमा रहेका सांसद सत्य पहाडीले पटक–पटक सांसद रावललाई आशन ग्रहण गर्न आग्रह गरे पनि सांसदले एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग राखेर रोष्ट्रममै उभिइरहनुभयो ।

बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो ।

प्रस्तावमा धारणा राख्न रोष्ट्रममा पुगेका सांसद रावलले एसपीपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गर्नुभयो । उहाँले सरकारलाई सहयोग गर्नका लागि नै आफूले यस्तो माग राखेको बताउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै सांसद रावललाई आशन ग्रहण गर्न आग्रह गर्नुभयो । तर रावलले मान्ने अवस्था नभएपछि सदन नै स्थगित भयो । सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरे पनि अहिलेसम्म अमेरिकालाई यो जानकारीसहितको पत्र नपठाउँदा आलोचना भइरहेको छ ।

प्रतिनिधि सभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्र मन्त्री नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको बताउँदै सांसद रावलले सदन मार्फत सरकारलाई रुलिङ गर्न माग गरे।

मन्त्रिपरिषद्ले एसपीपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदन मार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे।

सभामुखको आसनमा रहेकी सांसद सत्या पहाडीले पटक पटक सांसद रावललाई आसन ग्रहण गर्न आग्रह गरे पनि सांसदले एसपीपीमा सहभागी नहुने पत्र पठाई सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै सांसद रावल रोस्टममै उभिए।

बैठकमा ग्लोबल ग्रीनग्रोथ इन्स्टिच्यूटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो। प्रस्तावमा सांसदहरू शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए।

प्रस्तावमा धारणा राख्न रोस्टममा पुगेका सांसद रावलले एसपीपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग जारी राखे। रावलले सरकारलाई सहयोग गर्न नै यस्तो माग राखेको बताए।

सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक पटक विषयान्तर भएको भन्दै आसन ग्रहण गर्न आग्रह गरे। पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए।