१३ बैशाख २०८१, बिहीबार

कोरोनाभाइरस मानवजातिले जित्नैपर्ने युद्धः राष्ट्रपति

bidhiyadevi bhandari

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ ले सबै मुलुककमा अर्थव्यवस्थामा गम्भीर धक्का पुर्याएको बताएकी छिन् । नेपालसहित विश्वकै पर्यटन, उद्योग, उत्पादन र वितरण प्रणाली प्रभावित भएको भन्दै उनले यसबाट बेरोजगारीको भयाबह अवस्था सिर्जना हुने देखिएको बताइन् ।

आज विश्व साझा तर अदृश्य दुश्मन कोरोनाभाइरसको विरुद्ध लडिरहेको भन्दै उनले मानवजातिले जित्नै पर्ने यो युद्ध कहिले र कसरी जित्न सकिएला भन्ने चिन्ता सर्वत्र रहेको बताइन् ।

शुक्रबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण देशको समग्र अर्थतन्त्र, जनस्वास्थ्य र समाजका सबै पक्षमा परेको प्रभावलाई सम्बोधन गर्ने गरी राहतका विषयलाई प्राथमिकताका साथ समावेश गरिने अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रम बाचन जारी छ ।

संघीय संसदकाे संयुक्त बैठक २०७७ जेठ २ गते

संघीय संसदकाे संयुक्त बैठक २०७७ जेठ २ गते

नेपाल घटना ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶುಕ್ರವಾರ, ಮೇ 15, 2020

सरकारको नीति स्पष्ट, गन्तव्य निश्चित

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दृष्टिकोण स्पष्ट र गन्तव्य निश्चित रहेको भन्दै लक्ष्यहरु पनि निर्धारित रहेको बताएकी छिन् ।
यस्तै सरकारको नीतिहरु जनमुखी रहेको पनि राष्ट्रपतिले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बताइन् ।

यस्तै सरकारको नीतिहरु कार्यान्वयन परिणाममुखी रहेको भन्दै राष्ट्रपतिले सकारले दुई वर्षको अवधिमै उत्सावर्द्धक उपलब्धि हासिल गर्न सफल भएको पनि बताइन् ।