१२ बैशाख २०८१, बुधबार

सरकारले दुई वर्षमा उत्साहवर्धक उपलब्धि हासिल गर्‍यो

bidhiyadevi bhandari

राष्ट्रपति विद्या भण्डारीले राजनीतिक स्थायित्वमा मात्रै जनमतको सम्मान हुने बताएकी छन् ।

संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले राजनीतिक स्थायित्वमा जोड दिएकी हुन् ।

उनले सरकार परिपूर्ण लोकतन्त्रतर्फ अघि बढेको पनि बताइन् ।

“राजनीतिक स्थायित्व मुलुकको दीर्घकालीन र अवरोधरहित विकासका लागि अत्यत्न महत्त्वपूर्ण हुन्छ । राजनीतिक स्थायित्वमा मात्रै जनमतको सम्मान हुन्छ । यसले राजनीतिक दलहरूलाई जनादेशअनुसारको भूमिका खेल्न उत्प्रेरित गर्छ,” उनले सम्बोधनका क्रममा भनिन् ।

राष्ट्रपतिले सम्बोधनका क्रममा सरकारले दुईवर्षको छोटो अवधिमै उत्साहवर्धक उपलब्धि हालिस गर्न सफल भएको भनिन् ।

मास्क र पञ्जामा राष्ट्रपति

Deuwa Rastrapati Namaskar

राष्ट्रपति विद्यादेवी भण्डारी मास्क लगाएर सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आएकी छन् ।

विश्वभर कोरोना भाइरसको महामारी चलेका बेला हुन लागेको संसद्को बजेट अधिवेशनको संयुक्त बैठकलाई सम्बोधन गर्न उनी अपराह्न मास्क र हातमा पञ्जासहित आएकी हुन् ।

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा भने उनले मास्क हटाएकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रायः सबै सदस्यले पनि कोभिड –१९ संक्रमण जोखिमबाट बच्न मास्क लगाएका छन् ।