१२ बैशाख २०८१, बुधबार

दाङमा बजेट खर्च : एकै महिनामा ४० प्रतिशत, वर्षै भर ६३ प्रतिशत खर्च

dang

दाङमा एक महिनाको अवधिमा कुल बजेटको ४० प्रतिशत विकास बजेट खर्च गरिएको छ । प्रदेश सरकार अन्तरगतका कार्यालयमा कुल बजेटको ६३ प्रतिसत खर्च हुदै गर्दा असार महिनामा मात्रै ४० प्रतिसत बजेट खर्च भएको छ । 

कुल पुँजीगत बजेट ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार रहेकोमा असारमा मात्रै ९२ करोड १९ लाख २५ हजार ८ सय रुपैया खर्च गरिएको छ । वर्षभरिमा भने कुल बजेटमध्ये १ अर्ब ८७ करोड ५ लाख ५ हजार ८ सय (५९.८७ प्रतिसत) रुपैयाँ खर्च गरेका छन । कतिपय कार्यालयले भने असारमा भुक्तानी धेरै भएकाले यस्तो देखिएको जनाएका छन । 

सहकारी दर्ता अधिकारीको कार्यालय, राप्ती उपत्यकाले असारमै धेरै बजेट खर्च गरेको छ । चालु तर्फको बजेट १ करोड ४८ लाख २४  हजार मध्ये असारमा १६ लाख ५० हजार ६ सय र वर्षभरि १८ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च गरेको छ । पुँजीगत तर्फको बजेट ९३ लाख १० हजार मध्ये असारमा ८२ हजार २ सय  र वर्षभरी १ करोड ११ लाख ७४ हजार ३ सय रुपैयाँ खर्च गरेको कार्यालयले जानकारी दिएको छ । 

आर्थिक वर्षमा प्रदेश पुर्वाधार विकास प्राधिकरणले कम खर्च गरेको छ । चालु तर्फको बजेट २० करोड ५५ लाख ९७ हजार मध्ये असारमा ४ करोड ७४ लाख ९४ हजार ३ सय ४८.२९ र वर्षभरि ९ करोड ४२ लाख ३३ हजार ९ सय रुपैयाँ खर्च गरेको तथ्यांक छ । पुँजीगत तर्फको बजेट २९ करोड ८५ लाख मध्ये असारमा १ करोड ७२ लाख ३९ हजार ३ सय १२.७३ र वर्षभरी १ करोड ८५ लाख ९८ हजार ४ सय १२.७३ रुपैयाँ खर्च गरेको छ । 

६३ प्रतिशत पुँजीगत खर्च

प्रदेश सरकारको करिव ६३ प्रतिशत खर्च पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९मा प्रदेश सरकार अन्र्तगतको पुँजीगत खर्च ६२.६० प्रतिशत भएको छ । यस आर्थिक वर्षभर पुँजीगत खर्च ६२.६० प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । 

जिल्लामा प्रदेश सरकारबाट चालु आर्थिक वर्षको लागि पँुजीगततर्फ ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार वजेट आएकोमा २ अर्ब ३४ करोड ८६ लाख ६८ हजार २ सय ९५ रुपैयाँँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सुचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए ।

चालुतर्फ ७८.३० प्रतिशत खर्च भएको छ । चालुतर्फ प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ८८ लाख ५३ हजार रुपैयाँ आएको थियो । जसमा हालसम्म १ अर्ब ५२ करोड ६० लाख ६९ हजार ५ सय ७५ रुपैयाँ खर्च भएको छ ।

असार महिनामा मात्र प्रदेश सरकारको पुँजीगत खर्च ९२ करोड ३७ लाख १४ हजार ८ सय ५९ रुपैयाँ ८१ पैसा खर्च भएको छ । यसैगरी प्रदेश सरकार अन्र्तगत जिल्लामा हालसम्म ९९ करोड ६४ लाख ९१ हजार ६ सय ७७ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी भण्डारीले बताए ।

३८ प्रतिशत बजेट खर्च भएन

आव २०७८÷७९ मा दाङमा ३८ प्रतिशत विकास बजेट खर्च भएको छैन् । कुल ५ अर्ब ७४ करोड ६९ लाख ७४ हजार रुपैयाँ बजेटमध्ये १ अर्व ४० करोड १७ लाख ११ हजार ७ सय ५२ रूपैयाँ खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले बताएको छ ।

स्थानिय निर्वाचण, सार्वजनि खरिद नियमावली ११ औं संसोधन, निमार्ण सामाग्रको मुल्य वृद्धि लगाएतका कारण विनियोजित बजेट लक्ष्य अनुरुप कार्यान्वयन नभएको कार्यालयका प्रमुख शिवप्रसाद चौधरीले बताए । वजेटको आकारका हिसाव विनियोजित बजेट सतप्रतिसत प्रतिशत खर्च हुनेपर्ने हो । तर लक्ष्य अनुुरुप खर्च नहुदा विकास समेत प्रभासिवत भएको छ ।