१३ बैशाख २०८१, बिहीबार

चुरा लगाउने प्रचलन र संस्कृति परिमार्जित हुँदै फैलिँदै

Hariyo Chura Green Chura

प्रकृति प्रेम दर्शाउने साउनलाई हरियो महिनाका रुपमा पनि लिइन्छ । खासगरी हिन्दू धर्मावलम्बी महिलाले हरियो चुरा, पोते र पहिरन लगाएर प्रकृतिप्रति सम्मान व्यक्त गर्छन् । साउनमा ब्रतसमेत बस्ने चलन छ ।

सौन्दर्यतालाई निखार्न र साउने संस्कृति मान्न धेरैजसो हिन्दू महिलाले यो महिना हरियो, पहेलो र रातो रंगको शृङ्गारिक सामग्री र पहिरन लगाउने गर्छन् । हरियो चुरा, पोते र मेहेन्दी लगाएर साउनको ब्रत बस्दा पारिवारिक जीवनमा सुख-शान्ति छाउने धार्मिक विश्वास छ ।

हरियो रंग, प्रेम र वातावरणको प्रतीक मानिन्छ । कतिपय महिलाले हरियो वस्त्रलाई प्रकृतिको सम्मान स्वरुप पनि लगाउाछन् । त्यसैले साउन महिनाभर नै हरियो वस्त्र, चुरा, पोते र टीका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग पनि जोडेर हेर्ने गरिन्छ ।

हरियो, प्रेम र वातावरणको, रातो सौभाग्यको प्रतीक हो भने पहेलो पवित्रताको । साउनमा हरियो रंगका कपडा, चुरा तथा पोते र मेहेन्दी लगाउनु वैज्ञानिक कारण नभए पनि स्वास्थ्यका दृष्टिले लाभदायक रहेको समाजशास्त्रीको भनाई छ ।

सौभाग्य र सौन्दर्यता प्रतिकको रुपमा चुरा र मेहन्दी मात्रै लगाउने पनि प्रचलन छ । परिवर्तित समयसँगै चुरा लगाउने प्रचलन र संस्कृति फैलिँदै र परिमार्जित हुँदै गएको छ ।

    सम्बन्धित समाचार...