३१ बैशाख २०८१, सोमबार

अत्यधिक सिमेन्ट माग हुने बेलामै उदयपुर सिमेन्ट उद्योग बन्द

UCIL gate

विद्युत् खपत् बढाउन नेपाल विद्युत् प्राधिकरणले आहृवान गरिरहादा उद्योगले भने चाहिने जति विजुली नै पाएका छैनन् । विजुली नपाउँदा उद्योग नै बन्द गर्नुपरेको छ ।

पछिल्लो समय उदयपुर सिमेन्ट उद्योग विद्युतका कारण बन्द छ । आवश्यकता भन्दा कम विद्युत आपूर्ति हुनुका साथै भोल्टेजमा उतारचढाव हुँदा उद्योग चल्न नसकेको हो ।

उद्योग सञ्चालनका लागि आवश्यक विजुली नभएपछि उदयपुर सिमेन्ट कारखाना असार ९ गतेदेखि बन्द छ । उद्योग बन्द हुादा दैनिक करिब १ करोड घाटा छ । अत्यधिक सिमेन्ट माग हुने असार महिनामै उद्योग बन्द हुादा ठूलो घाटा ब्यहोर्नु परेको छ ।

उद्योग पूर्णरुपमा सञ्चालन गर्न ६ मेगावाट विद्युत् चाहिन्छ । तर यो उद्योगले २ मेगावाट मात्र विजुली पाएको छ । त्यसमा पनि भोल्टेजको उतारचढाव हुादा उद्योग सञ्चालन हुन सकेको छैन ।

गत असार ९ गते चट्याङ्ले सिरहाको लहानस्थित विद्युत् सवस्टेसनको ट्रान्सफरमरमा क्षती पुर्याएकोमा मर्मतमा ढिलाई भएको छ । मर्मतका लागि अझ एकहप्तासम्म लाग्ने विद्युत् प्राधिकरणले जनाएको छ ।

बिगि्रएको ट्रान्सर्फमर मर्मत गरी पूर्ण क्षमतामा काम नगरेसम्म उद्योग चल्ने अवस्था छैन । उद्योगले दैनिक ६ सय टन क्लिङकर उत्पादन गर्दै आएको थियो भने दैनिक आठ हजार बोरासम्म सिमेन्ट बिक्री गर्दै आएको थियो ।

    सम्बन्धित समाचार...