१७ बैशाख २०८१, सोमबार

निःशुल्क उपलब्ध गराउने औषधि हेटौंडा अस्पतालद्वारा नष्ट

ausadi

हेटौंडा अस्पतालले यो आर्थिक वर्षमा मात्रै ३ करोड रुपैयाा बराबरको औषधि किनेको छ ।

सरकारले निःशुल्क उपलब्ध गराउने घोषणा गरेका औषधि फार्मेसीबाट सर्वसाधारणले निःशुल्क पाउनुपर्ने हो । त्यसबाहेकका औषधिसमेत सस्तोमा बिक्री गर्नुपर्ने फार्मेसीबाट धेरै परिमाणमा औषधिहरु म्याद नाघ्ने गरेका छन् ।

अस्पतालको फार्मेसीमा नपाईने भन्दै सेवाग्राहीलाई अस्पताल बाहिरका निजी फार्मेसीमा औषधि खरिदका लागि पठाइने गरेको सेवाग्राहीको गुनासो छ ।

एकातर्फ सेवाग्राहीले सहजरुपमा औषधि पाएका छैनन् भने अर्कोतर्फ म्याद नाघेका औषधी फ्यााक्नुपर्ने अवस्था छ । म्याद नाघ्नु अघि नै उपयोगमा ल्याउन नसक्दा नष्ट गर्नुपर्ने अवस्था आएको सर्वसाधारणको बुझाई छ ।

यता अस्पताल प्रशासनले भने सर्वसाधारणलाई बााड्दा बााड्दै औषधिको म्याद सकिएको दाबी गरेको छ । म्याद नाघेका औषधि सम्बन्धित कम्पनीले नै फिर्ता लैजाने र त्यसको मूल्यसमेत अस्पतालले नतिर्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बताउाछन् ।

फार्मेसीलाई ब्यवस्थित पार्दै सर्वसाधारणलाई सहज औषधि उपलब्ध गराउनतर्फ अस्पताल प्रशासनको ध्यान पुगेको छैन । म्याद नाघ्नु अघि नै औषधी उपयोगमा ल्याउने हरसम्भव प्रयासको खााचो देखिन्छ ।