१७ बैशाख २०८१, सोमबार

कागजमा पटकपटक कुरा गरिएपनि विद्युतीय बस लुम्बिनी प्रदेशको प्राथमिकतामै परेन ?

Electric bus

लुम्बिनी प्रदेश सरकार स्थापनादेखिका हरेक नीति कार्यक्रम र बजेटमा विद्युतीय बस संचालनलाई मुख्य प्राथमिकतामा राखिएको छ । विडम्वना कागजमा पटकपटक कुरा गरिएपनि पश्चिमका सडकमा सरकारी विद्युतीय बस गुडेका छैनन् ।

आर्थिक वर्ष २०७४/०७५ मा ल्याएको लुम्बिनी प्रदेश सरकारको पहिलो नीति कार्यक्रम र बजेटदेखि २०७९/०८० का लागि ल्याएको नीति कार्यक्रम र बजेटमा विद्युतीय बस संचालन गर्ने विषय प्राथमिकता परेको छ ।

बुद्धजन्मस्थल लुम्बिनीबाट भैरहवा हुादै बुटवल, दाङको तुलसीपुर घोराही र बााकेको कोहोलपुरदेखि नेपालगन्जसम्मका मुख्य शहरमा चलाउने भनिएका विद्युतीय बस कहिले कसरी चल्ने अझै अन्योल छ ।

लुम्बिनीलाई प्रदूषणरहित बनाउन दुई वर्षअघि अर्थात ०७७ मंसिरमा ल्याइएका १४ ट्याक्सी र ५ विद्युतीय बस अहिले अलपत्र अवस्थामा छन् ।

यी सवारी संस्कृति, पर्यटन र नागरिक उड्यन मन्त्रालयले टेन्डर गरेर लुम्बिनी विकास कोषमार्फत संचालन गर्ने तयारी थियो । त्यसका लागि बुटवल र सालझण्डीमा चार्जिड. स्टेशन बनाइदै छ । तर, संचालनको टुंगो लागेको छैन ।

नीजि तहबाट नवलपरासीदेखि रुपन्देही हुादै कपिलवस्तससम्म सुन्दर यातायातले २ वटा विद्युतीय बस संचालन गरिरहेको छ । तर, विद्युत नियमित नहुने र अन्य व्यवसायीले समन्वय नगर्दा समस्या झेल्नु परेको व्यवसायीको गुनासो छ ।

पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धि भइरहेको छ । यस्तो बेलामा अपरिहार्य रहेका विद्युतीय बस संचालन गर्न प्रदेश सरकार अग्रसर हुनै पर्छ । यसका लागि नागरिक स्तरबाट जनदवाव पनि जरुरी छ ।