२० बैशाख २०८१, बिहीबार

धावक कृष्ण बस्नेतले विश्व एथलेटिक्समा खेल्ने

krishna basnet

विश्व एथलेटिक्स च्याम्पियनसिपमा धावक कृष्ण बस्नेतले प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई १५ देखि २४ तारिखसम्म अमेरिकाको पोर्टल्यान्डमा हुने प्रतियोगिताको म्याराथनमा कृष्णले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघले जनाएको छ ।

उनीसहितको ३ सदस्यीय टोली मंगलबार पोर्टल्यान्ड प्रस्थान गर्दै छ । व्यवस्थापकमा नेपाल एथलेटिक्स संघका महासचिव धनवीर चौधरी तथा अफिसियलमा सचिव आरके विष्ट रहेका छन् । टोलीलाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

    सम्बन्धित समाचार...