२४ बैशाख २०८१, सोमबार

गरिबी र बेरोजगारीबाट मुक्त हुन कृषिमा आधारित शिक्षा आवश्यक: मन्त्री साह

navalkishor shaha

मधेस कृषि विश्वविद्यालयले अध्ययन गराउने कृषि संकाय स्नातक तहको पाठ्यक्रम तयारीका लागि सप्तरीको राजविराजमा सोमबारदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।

कार्यशाला गोष्ठीका प्रमुख अतिथि मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरिबी र बेरोजगारीबाट यो प्रदेशलाई मुक्त गर्नको लागि यहाँको युवालाई कृषिमा आधारित शिक्षामा दिनुपर्ने बताए ।

देशभरिका प्रसिद्ध कृषि विश्वविद्यालय तथा त्रिभुवन युनिभर्सिटीको इन्स्टिच्युट अफ एग्रीकल्चर एण्ड एनिमल साइन्सको डिन, वाली विज्ञान तथा प्रशोधन केन्द्र (नार्क)का करिब तीन दर्जन बढी वैज्ञानिकहरू, कृषि विज्ञ प्राध्यापक लगायतको उपस्थितिमा अध्यापन गराइने पाठ्यक्रम सन्दर्भमा गहन छलफल गरिने मधेस कृषि विश्वविद्यालयका उपकुलपति डाक्टर वैजनाथ महतोले बताए ।

कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन लगत्तै विश्वविद्यालयले सूचना निकालेरै  प्रवेश परीक्षा लिइने र भर्ना गरिने  त्यस लगत्तै डिजाइन गरिएको कोर्ष अनुसार कात्तिकबाट विएससिएजीको अध्यापन गराइने उपकुलपति महतोको भनाइ छ ।

 मधेस कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश २०७८ अनुसार स्थापित प्रदेश विश्वविद्यालयमा कृषि,भेटनरीको, बागवानी,मत्स्य लगायतको पडाइसँगै कृषिको आधुनिकीकरण,व्यवसायीकरण, औंजारीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रदेश कृषि विश्वविद्यालयका रजिस्टार डाक्टर श्रीभगवान ठाकुरले बताए ।

विश्वविधालयको स्थापनाले सीप नभएका कारण प्रवासी नेपालीले पाउँदै आएको दुख,नजानेर दुख पाउँदै आएका किसानको समस्या समाधान हुनेविज्ञहरूको भनाइ रहेको छ ।

यस विद्यालयमा पढाइ हुने विषयहरू निजी विद्यालयले पनि पढाउन चाहेको भने प्रदेश सरकार अनुदान खर्च उपलब्ध गराउने जानकारी दिएका छन् ।
 कुनै पनि परिस्थितिमा प्रदेशका जनता प्राविधिक शिक्षाका लागि रामपुर वा टाढाको विश्वविद्यालय जानु नपर्ने उपकुलपति महतोले बताए ।

 जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह,सामाजिक विकासमन्त्री नवलकिशोर साह र मधेस कृषि विश्वविद्यालयका कुलपति समेत रहनुभएका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रूपमा गत मंसिर २७ गते सप्तरीको राजविराजमा विश्वविद्यालयको उद्घाटन गरेका थिए ।